कार्तिक १७, काठमाण्डौ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।