अफगानिस्तानका आइएस प्रवक्ता मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्।

अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ।

‘गुप्तचर निकायबाट प्राप्त श्रोतका आधारमा गरिएको आक्रमणमा परी आईएस लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सैनाले पाचिरागम जिल्लामा बुधबार लुकिराखेको बेला अजिजलाई आक्रमण गरेको थियो।

कट्टरपन्थी स्लामिक स्टेट (आइएस) ले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा।

ताजा अपडेट

खोजी गर्नुहोस