प्रचण्डलाई गिरफ्तार गर्न मानव अधिकार आयोगमा निवेदन दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक १८, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग सहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ । माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण रामेछाप र पूर्णप्रसाद पौडेल सुर्खेतले कात्तिक ९ गते मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।

निवेदनमा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस