पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक १८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १८, काठमाण्डौ । पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका ५ बस्ने ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे २ बजे पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ आउँदै ग १६ प १४८६ नम्बरको मोटरसाईकललाई बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस