इन्टर मिलानले दुई खेल दर्शकबिनाकाे रंगशालामा खेल्नुपर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । समर्थकहरुले नापोलीका खेलाडीलाई दुर्व्यहार गरेपछि इन्टर मिलानले इटालियन सिरी ुएु का दुई खेल बिनादर्शक बन्द रंगशालामा खेल्नुपर्ने छ ।

बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेद दुर्व्यवहार गरेका थिए । जसका कारण सिरी ुएु लिग आयोजकले छानबिन गर्दै इन्टरलाई कारबाही स्वरूप दर्शकबिना खेल्नुपर्ने निर्णय गरेको हो ।

इन्टर मिलानले भने कारबाहीबारे अपील गर्ने बताएको छ । यस्तै सिरी ुएु ले नापोलीका काउलिबालीलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । इन्टरविरुद्धको खेलमा काउलिबालीले रातो कार्ड पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस