वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई हरायाे

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्याम २–१ ले विजयी भयो। उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे। गएको जुलाईमा साउथ ह्याम्पटनमा ३६ मिलियन पाउन्डमा लाजियोबाट आएका फेलिपेको यो ८ ‌औं गोल हो । साउथ ह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काएका थिए।

जितसँगै वेष्ट ह्याम युनाइटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । जारी लिगमा ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस