शेयर बजार राताम्मे, नेप्से ६ अङ्कले घट्दै २ अर्ब १० करोड कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक २१, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो । आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस