ब्याजदर नघटाए आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी !

कार्तिक २१, काठमाडौं । यातायात व्यवसायीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न पनि माग गरेका छन् ।

नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा सक्रिय रहेका तीनवटै महासंघहरुले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाहय कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैकले विशेष पहल गर्नुपर्ने माग गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply