गृह क्षेत्रमै कांग्रेसलाई चुनौती देखेपछि असन्तुष्टलाई फकाउँदै देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक २१, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । चुनाव प्रचार प्रसारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट नेताकार्यकर्ता फकाउने कसरतमा लागेका छन् । उनी धनगढीमा वसेर असन्तुष्ट भएका नेता÷कार्यकर्तालाई भेट्ने र उनीहरुलाई मनाउने गरिरहेका छन्।

गृहजिल्ला डडेल्धुरामा चुनावी सभामा सहभागी भएर धनगढी स्थित आफ्नै निजी निवासमा रहेका देउवाले असन्तुष्ट नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफल गरिरहेका छन्।

उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर उनले छलफल गरिरहेका कैलाली कांग्रेसले जनाएको छ।

देउवाले कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि बोलाएर भेटघाट गरेको जनाईएको छ। नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले चुनावमै केन्द्रित रहेर प्रधानमन्त्रीले कार्यकर्तासँग छलफलम गरिरहेको बताए।

कांग्रेसले धनगढी उपमहानगरपालिका समेत रहेको क्षेत्र नम्बर ५ डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ भने देउवाले ५ को (ख) मा आफनै भतिजा प्रकाश देउवालाई उम्मेदवार बनाएका छन्।

उक्त क्षेत्रमा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझा पनि स्वतन्त्र उम्मेदवार छन्। ०७० सालको उपनिर्वाचनमा कांग्रेसबाटै विजयी भएका ओझालाई ०७४ को चुनावमा देउवा पत्नि आरजु राणाले विस्थापित गरिन। राणा पराजित भएपछि त्यसको दोस लगाएर ओझालाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।

कांग्रेसबाट निकालिए पनि ओझा कांग्रेसका लागि चुनौती वन्न सक्छन् । कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आँकलन भएपछि देउवाले असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोसिस गरिरहेको जनाईएको छ।

नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन्। २०७४ को निर्वाचनमा रानाले आरजुलाई हराएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस