कार्तिक २२, काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदी तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।