जेठ २४,काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचैजना खेलाडीले राज्यविरुद्धको अपराधका मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले बिहीबार पाँचै जनालाई सफाइ दिएको हो । सागरसँगै सफाई पाउनेमा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्री छन् ।
राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ ९खेल मिलेमतो० गरेको निष्कर्ष निकाल्दै प्रहरीले पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिकमा मद्दा दायर गरेको थियो । यद्दपी उनीहरुलाई फिफाले भने आजीविन खेलमा प्रतिबन्ध लगाएको छ ।
नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो । पाँच मध्ये अन्जन केसी भने बेटिङ अभियोगमा कहि दिन अघि पक्राउ परेका थिए ।