काशिराम तिवारी हत्याकाण्डका आरोपीलाई सर्वोच्च अदालतले दियो सफाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष १३, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । सर्वोच्च अदालतले पर्साका काशिराम तिवारी हत्याका मुख्य आरोपी सियाराम कुशवाहलाCसफाई दिएको छ। रौतहटको कटहरिया नगरपालिकाका मेयर तथा नेकपाका नेता कुशवाह बैशाख २७ देखि थुनामा थिए।

न्यायाधीशद्वय शारदाप्रसाद अधिकारी र डम्बरबहादुर शाहीको इजलासले उच्च अदालत जनकपुरको फैसला नमिलेको भन्दै सफाई दिएको हो।

आदेशमा उनलाई अन्य मुद्दामा थुन्नु नपर्ने भए शुक्रबार नै रिहा गर्न भनिएको छ।

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाहलाई हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

कुसवाहलाई पक्राउ गर्न उच्च अदालत जनकपुरको अस्थायी इनलास वीरगञ्जले जिल्ला प्रहरी कार्यालय गौरलाई पत्र पठाएको थियो। अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै कुशवाहलाई २०७४ को २८ फागुनमा २० वर्ष जेल सजायको फैसला सुनाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस