कार्तिक २४, काठमाडौ । साताको चौथो दिन बुधबार तोलाकै १४ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ । यसदिन छापावाल सुनको मूल्य तोलको ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रूपैयाँ नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २८५ रूपैयाँमा किनबेच हुने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।