मोरङ ३ ‘क’मा कांग्रेसका मानबहादुर उम्मेदवार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २४, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूलाई पार्टीले मोरङको क्षेत्र नम्बर ३ को ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि उनका ठाउँमा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले पार्टी केन्द्रले नै प्रदेशसभा सदस्यको उम्मेदवार बन्न लिम्बूलाई टिकट दिएको बताए । बिहीबार दिउँसो १ बजे मनोनयन दर्ताको तयारी गरिएको घिमिरेले बताए ।

लिम्बू नेपाल विद्यार्थी संघ मोरङका पूर्वसभापति समेत हुन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायत प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस