मेटाले १३ प्रतिशत कर्मचारी कटौती गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक २४, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । मेटामा विभिन्न देशका गरि करिब ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा उनले प्रभावित भएकाहरूप्रति माफी मागेका छन्। महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा दीर्घकालीन अपेक्षाहरूलाई जुकरबर्गले दोष दिएका छन् । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’

ताजा अपडेट

खोजी गर्नुहोस