नो भोटलाई सहि प्रमाणित गरौँ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक २४, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । “मत–पत्रको पछाडी छाप लगाआँै ! नो भोटलाई सहि प्रमाणित गराँै ”भन्ने मूल नारासहित निर्वाचन हुनु अघि अभियान सुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा ब्याक भोट राष्ट्रिय अभियानको पत्रकार सम्मेलन कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा ब्याक भोट राष्ट्रिय अभियन नेपालका संयोजक कान्छाराम तामांङ ,सदस्य तथा मन्यमान केन्द्र नेपालको प्रतिनिधि भोजराज खनाल र सदस्य भिम न्यौपानेको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ब्याक भोट राष्ट्रिय अभियनका सार्थक समर्थक समाजसेवी कुलबहादुर लामा पनि उपस्थित थिए ।

ब्याक भोट राष्ट्रिय अभियन नेपालका संयोजक कान्छाराम तामांङले आहवान पत्रको भावकोे ब्याख्या गरेका थिए । उनका अनुसार कुनै पनि राजनीतिक घोषणा पत्रमा भोलि आफुले गर्ने काम समाबेस हुनुपर्ने तर अहिलेका उमेदवारहरुले झुटो आस्वासन दिने र विदेशमा दुखः गरेर कमाएर पठाएको पैसामा रमाईलो गर्ने भएकोले यो कुराको सुधार गर्न ब्याक भोटको अभियान सुरु गरेको हो ।

आखिर ब्याक भोट के हो त ?
यो निर्वाचन प्रणालीमा भ्रष्ट, अनुत्तरदायी, दलाल ,सत्ताधारी र यसका मतियार पार्टीहरुको उमेदवारहरु र यो निर्वाचन प्रकृयामा पद ,प्रतिष्ठा र लालच पूर्ति गर्नका लागी संलग्न अन्य सबै उमेदवारहरुलाई यो निर्वाचनबाट हामी सबै देशभक्त नेपालीलाई एकजुट भएर मतपत्रको पछाडी स्वस्तिक छाप लगाएर उल्टो मतदान (ब्याक भोट) गरेर तिमीहरु अयोग्य ,बहिष्कृत र राष्ट्र घातीहरु हौ भनि प्रमाणित गर्न यस अभियान सुरु गरिएको हो ।

यस्तैगरि ब्याक भोटको अभियान जस्तै अहिले सोच बदलौँ भोट बदलौँ “नो नट अगेन” अभियान चलिरहेको छ । तर यस अभियान विरूद्व भने सर्वोच्च अदालतमा मुद्वा चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस