सेयर बजारमा पहिरो, नेप्से १९ सयभन्दा तल !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक २४, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९ सयभन्दा तल झरेको छ । २३।५२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा आज १ अर्ब ११ करोडमा सीमित रह्यो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटे ।

ताजा अपडेट

खोजी गर्नुहोस