मोरङ-३ (१) मा शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २५, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कातिक २५, काठमाडौ । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा १ का लागि आज ९शुक्रबार० उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो ।

कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा मानबहादुर लिम्बूले बिहीबार मनोनयन दर्ता गराएका छन् । उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेगरी निर्वाचन कार्यक्रम तय गरिएको आयोगले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस