नेपालमा थप १० जनामा कोरोना संक्रमण, ५ सय ४६ जना सक्रिय संक्रमित !

Post Thumbnail

कार्तिक २५, काठमाडौ । नेपालमा थप १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।​ देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस