सुदूरपश्चिममा पुनःभूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक २७, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २७, काठमाण्डौ । सुदूरपश्चिम प्रदेश शनिबार साँझ ५ दशमलव ४ भूकम्पको धक्का महसुस गरिएकोे छ । राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको क्षेतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस