६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक २७, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २७, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस