मतदान केन्द्र मतदातामैत्री बनाइने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक २८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँका सबै मतदान केन्द्र मतदातामैत्री बनाइने भएको छ ।

मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी जिल्लाका मतदान केन्द्रलाई मतदातामैत्री बनाउन लागिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । मतदान गर्न आउने अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिकले सहज रूपमा आवतजावत गर्न सक्ने गरी मतदान केन्द्र निर्माण गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस