शेयर बजारमा उछाल : नेप्से दोहोरो अंकले वृद्धि, करिब ९५ करोडको कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक २८, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक १.१३ प्रतिशतले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा उत्पादनमुलक उपसूचक सर्वाधिक ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्से एक प्रतिशत माथिले वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन । सोमबार बजारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ६ हजार र ङ्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४६ हजारको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस