निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २९, काठमाण्डौ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार निर्वाचन बहिष्कार गर्ने समूहमाथि निगरानी बढाउने क्रममा ११ जनाको साथमा विस्फोटक पदार्थ बारुद फेला परेको जानकारी दिए । तीमध्ये सात जना तनहुँबाट तथा चार जना बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस