कार्तिक २९, काठमाण्डौ । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।
रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा उम्मेदवार रहेका कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।