सुनसरी–३ का बासिन्दाका नाममा भगवतीको मन छुने पत्र, समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा

कात्तिक ३०,काठमाडौँ । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मनछुने पत्र पठाएकी छिन् । प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले पत्रमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गरेकी छिन् ।

चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताएकी छिन् । उनले आफूले सघै जनताको अनुहारमा खुशि छाएको देख्न बताउदै पत्रमा लेखेकी छिन् ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाहन्छु । म तपाईकै छोरी, दिदीबहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्दछु ।’

चौधरीले यसअघिका दुई वटा चुनावमा जनताले अगाध मायाँका साथ आफुलाई मतदान गरेको तर अनेक जालझेल, षडयन्त्र गरेर हराईएको उल्लेख गरेकी छिन् । न्याँयका लागि अदालत पुगेँ पनि अदालतबाट समेत न्याय नपाएकोले अब चुनाव मार्फत जनताकै अभिमतले जनताको अदालतबाट न्याय पाउनेमा ढुक्क रहेको बताएकी छिन् । उनले आफनो जीत सुनसरी ३ का जनताको जीत,बिकास र सम्वृद्धिको जीत हुने उल्लेख गरेकी छिन् । उनले सुनसरी ३ को बिकास र सम्वृद्धिका लागि,आफ्ना सन्ततीको भाग्य र भविष्य उज्वल बनाउन सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै भनेकी छिन्– ‘सुनसरी क्षेत्र नं. ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदछु ।’

प्रतिनिधिसभा सदस्यकी उम्मेदवार चौधरीले पत्रमा उल्लेख छ– ‘सुनसरी क्षेत्र नं. ३ ले ६ पटक जिताएर पठाएको व्यक्ति १२ पटक मन्त्री ४ पटक उपप्रधानमन्त्री बनेपनि क्षेत्रले विकास र समृद्धि पाउन सकेन । धुलेयाम सडक, खानेपानीको अवस्था, किसानको अवस्था दयनीय भएको कुरा, तपाईको विकास प्रतिको चाहना र सपना कहिल्लै प्राथमिकतामा परेन ।’

उनले आफ्नो क्षेत्रमा अहिलेसम्म कुनै ठूलो स्कुल, कलेज, तथा सुविधा सम्पन्न अस्पताल बन्न नसकेको उल्लेख गरेकी छिन् । उनले आफु निर्वाचित भएर गएको खण्डमा ३१ बर्षमा हुन नसकेको बिकास नमूनाका रुपमा ५ बर्षमा गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

संम्बन्धित समचार

Leave a Reply