दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ८५ करोड !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक ३०, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ३०, काठमाण्डौ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्से उकालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लाग्यो । आज ८५ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब २३ रोड बढिको सेयर खरिदबिक्री भएको थियो । नेप्से १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेपनि कारोबार रकम १ अर्बबाट झरेर ८५ करोड ९४ लाखमा खुम्चियो।
आज २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर १७ हजार ७०२ पटकको कारोबारमा किचबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस