निर्वाचनको मौन अवधि स्थिर समय बिहीबार राति १२ बजेबाट सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १, काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि स्थिर समय बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले निषेध गरेका प्रचारप्रसारलगायतका कुनै पनि चुनावी गतिविधि गर्न पाइँदैन ।

४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो । त्यसैले आज राति १२ बजेसम्म राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसारमा लाग्न पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस