पप्पु कन्स्ट्रक्सनको विरुद्धमा डा.केसीको जस्तै आन्दोलन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाडौं । वर्षौदेखि निर्माणधीन अवस्थामा रहेको कमला नदीको पुल निर्माण कार्य सम्पन्न गर्न माग गर्दै नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य रामरिझन यादवलगायत व्यक्तिहरु अनिश्चितकालीन अनसन बस्ने भएका छन् ।

सिरहा र धनुषालाई जोड्ने कमला पुलको निर्माण २०६८ सालदेखि शुरु भएको थियो तर हालसम्म पूर्णता पाएको छैन । साढे तीन वर्षमा पुरा गर्ने गरि पप्पु कन्स्ट्रक्सन कम्पनीले २८ करोड १५ लाखमा ठेक्का लिएको थियो ।

तर ९ वर्ष बित्न लाग्दा पनि त्यसको काम पुरा नभएको भन्दै हुलाकी सडक संघर्ष समितिका संयोजक समेत रहेका रामरिझन यादवको अगुवाईमा पुस १७ गतेदेखि सिरहाको महावीर चौकमा अनसन शुरु हुने भएको छ ।

कम्पनीले सरकारबाट ५० प्रतिशत रकम लिइसकेको छ तर हालसम्म आधा काम पनि नभएको दावी यादवले गरेका छन् । यादवले एक अपिल जारी गर्दै पुस १७ गतेदेखि डा.गोविन्द केसीजस्तै अनिश्चितकालीन रिले अनसन बस्ने बताएका छन् ।

अनसनमा रामरिझन यादवका साथै सिरहाको संयोजक मनोज पासवान, पूर्व संयोजक रामबालक यादव, कार्यकारणी सदस्य सुरेन्द्र कामत, महेन्द्र यादव, हरेराम यादव, सुरेन्द्र यादव, उमेशकुमार झा, विनय शर्मा, दिवाकर यादव, भोला यादव, जगदीश यादवलगायतका व्यक्तिहरु रहने बताइएको छ ।

यसअघि रामरिझन यादवको अगुवाईमा हुलाकी सडक निर्माणमा दवाव दिन सप्तरीदेखि धनुषासम्म हुलाकी सडकमा पैदल यात्रा गरी कार्यक्रमहरु गरेका थिए । यादव हुलाकी सडक निर्माणका लागि निरन्तर संघर्षमा लागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस