मंसिर १, काठमाडौ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् । एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलबाट मतदान गर्ने बताए ।
देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन्। आयोगले अस्थायी मतदाता नामावली समेत तयार पारेको उनले बताए। करिव ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताए । प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ५ सय १२ जना चुनावी मैदानमा भिड्दैछन् ।