धुनिबेशी नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा : पाण्डेले भने-‘नयाँ सोचले मात्रै सम्बृद्ध नेपाल सम्भव छ’

Post Thumbnail

पुस १५,धुनिवेशी । धादिङ जिल्लाको धुनिबेशी नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । नगर कार्यपालिका खानिखोलामा एक कार्यक्रमको आयोजना गरेर औपचारिक रुपमा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।

नगरपालिकाका प्रत्येक घर घरमा चर्पी निर्माणसंगै खुल्ला स्थानमा दिसापिसाब गर्नुपर्ने बाध्यता नरहेको भन्दै धुनिबेशी नगरबासिको एेक्यवद्धता पुर्ण सरसफाईमा प्रतिबद्धता भन्ने मुल नाराका साथ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरीएको नगरपालिकाले जनाएको छ ।

आज पुस १५ सम्म धादिङका सम्पुर्ण गाउँपालिका तथा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अनुसार यस नगरपालिकालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

प्रत्येक घरमा शौचालय निर्माण भएसँगै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको बताईएको छ । नगरपालिकाका अनुसार धुनिबेशी नगरपालिकामा ९६ प्रतिशत शौचालय निर्माणको काम सम्पन्न भईसकेको छ भने बाँकी घरमा शौचालय निर्माणको कामलाई तिव्रता दिईएको छ ।

नगरपालिका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्वअर्थमन्त्री तथा हालको संघीय सँसदका साँसद सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पाण्डेले अब पुराना बिचार र सोच बदली समयसापेक्ष नयाँ बिचारलाई आत्मसात गर्दै अगाडि बढेमा मात्र समृद्धिको बाटोमा अघि बढ्न सकिने बताएका छन । उनले धुनिबेशीको तोप्लाङलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिका आफैँले २५ प्रतिशत लगानी गरी अरु लगानी अन्य क्षेत्रबाट जुटाई पर्यटन प्रबर्द्धन गर्न सकिने बताए ।

कार्यक्रममा नगर उपप्रमुख निरु खरेल ,वडा अध्यक्षहरु, बिषयगत शाखाका कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक विद्यार्थीहरु सहयोगी सघं संस्थाका प्रतिनिधिहरु, पत्रकार , स्वास्थ्य स्वँयम सेविका लगायत नगरका नागरिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहयोगी सघं संस्था तथा ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरीएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस