मंसिर २, काठमाण्डौ । आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ । विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ । एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो । यसअघि दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरिसकेका छन् ।
आइतबार राति पौने ८ बजे विश्वकपको औपचारिक उद्घाटन हुनेछ। विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले अल बायत स्टेडियममा इक्वेडरको सामना गर्नेछ। खेलअघि भव्य समारोहका बीच कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ।