एकदिवसीय सिरिज नेपालको हातमा

मंसिर ३, काठमाडौं । नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो एकदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो।

यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो। शुक्रबार युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोडे। उनले नटआउट ८८ रन जोडे। उनले ११९ बल खेल्दै १२ चौका हिर्काए।

त्यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ६४ रनको योगदान गरे।

संम्बन्धित समचार

Leave a Reply