सुकेधारामा मोटरसाइकल दुर्घटना, दम्पतीको मृत्यु

मंसिर ३,काठमाडौँ । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply