भोलि विमानस्थल जाने र बाहिरिने गाडीलाई अनुमतिपत्र नचाहिने

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ मंसिर ३, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३, काठमाण्डौ । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने र बाहिरिने गाडीलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

विमानस्थलसम्म आवतजावत गर्ने गाडीमा जाने व्यक्तिले हवाई टिकट र पासपोर्ट भने अनिवार्य देखाउनु पर्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,‘दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीले नै सहजै आवतजावत गर्न पाउँनेछन्, टिकट र पासपोर्ट भएका सबैलाई आवतजावतमा कुनै रोकतोक हुनेछैन ।’ कागजात जाँचका लागि विमानस्थलसम्म पुग्ने विभिन्न क्षेत्रमा आवश्यकता अनुसार ट्राफिक प्रहरी र म्यादी प्रहरीलाई खटाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस