पौष १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले खेलाडी महर्जनले हालै सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पद जितेकामा बधाई दिँदै आगामी दिनमा थप उपलब्धिका लागि शुभकामना दिए।
अध्यक्ष दाहालले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकामा बधाई दिनुभएको थियो । “तपाईँले उत्कृष्ट कौशल देखाए। यसबाट नेपाल र नेपालीको शिर गौरवले उच्च भएको छ”, अध्यक्ष दाहालले भने, “विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतिले नेपाली अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।”
आफूले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीको ठूलो भूमिका रहनेसमेत बताए।
राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्नुहुँदै अध्यक्षले दाहालले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्नेसमेत बताए।
खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगको वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । अध्यक्ष दाहालले सरकार र पार्टीकोतर्फबाट महर्जनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्नेसमेत बताए।