सामान्य विवादमा चुनाव स्थगित नगर्न आयोगको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयोगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयोगसँग पूर्वसहमति लिनुपर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस