दोलखाको पुतलीकाठमा चार राउण्ड हवाई फायर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ४, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं। २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।

मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस