मंसिर ४, काठमाण्डौ । दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा अपरान्ह १ बजेसम्म जम्मा २२ प्रतिशत मतदान भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार अपरान्ह १ बजेसम्म कुल २२ दशमलव ४३ प्रतिशत मतदान भएको हो ।
दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अपरान्ह १ बजेसम्म जम्मा ५९ हजार ६६४ जनाले मतदान गरेका छन् । मतदान गर्नेमध्ये पुरुषको सङ्ख्या ३५ हजार १८७ रहेको छ भने महिलाको सङ्ख्या २४ हजार ४७७ रहेको छ ।