‘दिउँसो ३ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न’ : निर्वाचन आयोग

मंसिर ४, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतवार दिउँसो ३ बजेसम्म ४० प्रतिशत हाराहारीमा मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३ बजेसम्म ४० प्रतिशतको हाराहारीमा मतदान भएको हुनसक्ने अनुमान गरेका छन् ।

‘डेटाहरू आएको आयै छ, अहिले ठ्याक्कै हिसाब गर्न सकिएको छैन,’ पौडेलले लोकान्तरसँग भने, ‘तैपनि ३ बजेसम्म ४० प्रतिशत जति मत खसेको हुनसक्ने हाम्रो अनुमान छ ।’ आइतवार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply