सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु

मंसिर ४, काठमाण्डौ । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन् ।

पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले पत्रकारहरूलाई बताएका छन् ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?