केही केन्द्रमा मतदान अझै जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ । विभिन्न मतदानकेन्द्रमा विविध कारणले ढिला मतदान सुरु भएको, विवाद हुँदा सहमति कायम गर्न समय लागेको र कतिपय मतदान केन्द्रमा झडप हुँदा मतदानकार्य बीचमा रोकिएर पुनः सुरु भएकाले विभिन्न मतदान केन्द्रमा अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान अधिकृतले तोकेको मतदान केन्द्रको क्षेत्रभित्र प्रवेश गरेका मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ बजेसम्म मतदान अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस