प्रतिनिधिसभामा मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षे युवा विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २९ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ ।

०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले तुलाचन योगेशसँग पराजित भएका छन् । नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस