मंसिर ५, काठमाण्डौ । डडेल्धुराको मतगणना आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६।६४ प्रतिशत मत खसेको छ ।