इन्डोनेसियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर ५, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । इन्डोनेसियामा भूकम्प जाँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ । ५.६ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु सिनजुर शहरमा रहेको थियो। भूकम्पमा ४६ जनाको मृत्यु भएको सो शहरका प्रमुख हरमन सुहेरमानले बताएका छन् । भूकम्पको कम्पन राजधानी जकार्तासम्म महसुस गरिएको थियो ।

केन्द्रविन्दु निकै बाक्लो जनघनत्व रहेको क्षेत्रमा रहेकोले क्षति धेरै भएको बताइन्छ । अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने र परकम्प आउन सक्ने चेतावनी दिँदै सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस