मंसिर ५,काठमाडौँ । धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अग्रता कायम राखेका छन् । धादिङ क्षेत्र नम्बर १ प्रतिनिधीसभामा मत २३३० मत गणना भएको छ । गठबन्धनबाट जसमा नेकपा एकिकृत समाजवादीका पाण्डेले १ हजार ७५ ,नेकपा एमालेका भुमि त्रिपाठीले १ हजार ६ र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ सय ४७ मत ल्याएका छन् ।
त्यसैगरी धादिङ २ मा गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले ९ सय मत गणना हुँदा ३ सय ९९ र नेकपा एमालेका उम्मेदवार खेम लोहनीले ३ सय ६४ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बशुमाया तामाङले ले ३९ मत प्राप्त गरेकी छिन् ।