फिफा विश्वकप: नेदरल्यान्ड्सले सेनेगललाई २-० ले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६,काठमाडौँ । नेदरल्यान्ड्सले फिफा विश्वकपअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा सेनेगललाई २-० को नतिजामा पराजित गरेको छ। नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र डेभी क्लास्सेनले एक-एक गोल गरे।

अल थुमामा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ८४ मिनेटसम्म नेदरल्यान्ड्सले फ्रेममा आक्रमण गर्न सकेको थिएन। यद्यपि, फ्रान्की डी योङले बायाँतर्फबाट गरेको क्रसमा गाक्पोले उत्कृष्ट रन बनाएर हेडरमा सेनेगलका गोलकिपर एडुवार्डो मेन्डीलाई बिट् गर्दै सुन्दर गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पछाडी परेको सेनेगललका लागि त्यसको दुई मिनेट नबित्दै पेप ग्वुयेले गरेको सशक्त प्रहारमा डच गोलकिपर एड्रियस नोप्पर्ट बाधक बने।

इन्जुरी समयमा क्लास्सेनले रिबाउन्डमा गोल गर्दै डच टिमका लागि २-० को जित सुनिश्चित गरे। सेनेगलसँग डच टिमको यो कुनै पनि प्रतियोगितामा पहिलो भेट हो।

नेदरल्यान्ड्सले विश्वकपमा अफ्रिकी मुलुकसँग अपराजित यात्रा कायम राखेको छ। सन् २०१४ को उपविजेता नेदरल्यान्ड्सले यसअघिका अफ्रिकी टिमविरुद्धका चार खेलमा तीन जित र एक बराबरी नतिजा निकालेको थियो।

अफ्रिकी च्याम्पियन सेनेगलले भने समूह चरणमा युरोपियन प्रतिद्वन्द्वीसँग पहिलो पटक पराजित भएको छ।

सोमबार भएको समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्डले इरानलाई ६-२ को नतिजामा पराजित गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस