रौतहट १ मा माधव नेपाल र ३ मा प्रभु साह फराकिलो मतान्तरसहित अगाडी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६,रौतहट । रौतहट क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको फराकिलो अग्रता छ । उनले नेकपा एमालेका अजय गुप्ताभन्दा १ हजार २२१ मतले अगाडि छन्।

नेपालले ४ हजार ८२३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार अजय गुप्ताले ३ हजार ६०२ मत प्राप्त गरेका छन् । अहिले सम्म गौर १,२,३ र भेडियाही रजेठरहियाको मत गणना भइसकेको छ ।

यस्तै क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ को मतपरिणाम गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस