चितवन-२ मा पोखरेल अगाडी, रविले मतान्तर घटाए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ६, चितवन । चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ।

यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १९३३ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १६९६ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। तर उनले पनि आफूभन्दा अगाडिका प्रतिस्पर्धीहरूको तुलनामा मतान्तर घटाएका छन्। उनले १५५३ मत पाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस