समानुपातिक मतमा एमाले अगाडी, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ । एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ । अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसको मत ४० हजार ४ सय ४० छ । जुन २६.३ प्रतिशत हुन आउँछ।

समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ । जुन १२.२ प्रतिशत हुन आउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस